त्रिशूलीमा डुबेका दुवै बस र यात्रुको पत्तो लागेन, झ्यालको पर्दा मात्रै भेटियो « Khabarhub

त्रिशूलीमा डुबेका दुवै बस र यात्रुको पत्तो लागेन, झ्यालको पर्दा मात्रै भेटियो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

चितवन- पहिरोले सोहोरेर शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार करिब ६५ जना यात्रुको अवस्था अझै अज्ञात छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोलीले दिनभर खोजी गरे पनि त्रिशूलीको पानीको तीब्र बेगका कारण समस्या भएको हो ।

शुक्रबार दिनभर खोजी गर्दा एक ठाउँमा हुक अड्किए पनि बस या ढुंगो भन्ने पत्ता लाग्न सकेन । दिनभरको प्रयासमा प्रहरीले बसमा लगाइएका पर्दासहितका सामान फेला पारेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । त्यस्तै बसमा सवार केही यात्रुको लुगा पनि भेटिएको छ ।

प्रहरीका अनुसार  बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए ।

त्रिशूलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

बस खसेको स्थानमा खोजीका लागि सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । यात्रुको अवस्था अज्ञात नखुलेपछि अँध्यारो भएसँगै खोजी स्थगित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ४८ बजे

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान