संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान « Khabarhub

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् ।

शुक्रबार राति एक वक्तव्य निकाल्दै राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले उपधारा २ अनुसार नै सरकार बन्ने बताएका थिए । त्यसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधामनमन्त्री हुनेछन् ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएपछि नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलहरू शीतल निवास जाँदैछन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : २५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले