कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि « Khabarhub

कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि उचालेको छ।

गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए। जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गर्दा मात्र ८ रन दिएर उनले तीन विकेट झारेका हुन्।

रोमारियो शेफर्डले दुई विकेट लिएको खेलमा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एकएक विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो। उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए। ४९ बल खेलेका उनले ८ चौकाको मद्दतमा ५८ रन बनाए भने रसिभ भान डरले नटआउट ३० रन जोडे। कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन जोडेका थिए।

टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले एकएक विकेट हात पारेका थिए। फाइनलमा नेपालका कप्तान पौडेललाई भने आराम दिइएको थियो। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।