माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै « Khabarhub

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।

शुक्रबारदेखि जारी बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।

आइतबार बोल्ने अधिकांश नेताले अध्यक्ष दाहालको आलोचना गर्दै पार्टी सञ्चालनको सही विधि प्रणाली बनाउन जोड दिएका छन् ।

पार्टी उपमहासचिव जनार्दन शर्माले पछिल्ला राजनीतिक घटनाक्रममा अध्यक्ष दाहाल जिम्मेवार रहेको इंगित गर्दै पार्टी नेतृत्व हस्तान्तरणका लागि लिखित रूपमै तीन विकल्प दिएका छन् ।

अर्का उपमहासचिव वर्षमान पुनले अध्यक्ष दाहालले साढे तीन दशकभन्दा बढी पार्टीको नेतृत्व गरिसकेकाले अगाामी दिनमा नेतृत्वको कार्यकाल पनि तोक्नुपर्ने धारणा राखेका थिए ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक राखेर जनतामा जाने माओवादीको योजना छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ०७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह