कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

आजको बैठकमा पनि ११ वटा विभिन्न एजेण्डामाथि नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ।

गत बुधबार सुरु भएको बैठकमा पेश भएका ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

बैठकले गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने तयारी छ।

आज सबै नेताहरुको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : २३ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ