ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम « Khabarhub

ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ढाका– शेख हसिना सरकारको पतन पछिको असुरक्षाका कारण ड्युटीबाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किन थालेका छन् ।

करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ ।

राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो ।

धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ट्राफिक प्रहरी ड्युटीमा देखिएका छन् ।

यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो ।

विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो ।

आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताएका थिए ।

देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : ५७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका