हुन्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन « Khabarhub

हुन्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ हुन्डाई टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन ल्याएको छ ।

जस अन्तर्गत हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइन अपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई उपहारहरू राखिएको छ भने साप्ताहिक विजेताले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ हुन्डाई क्रेटा अगस्त ६ मा सार्वजनिक गरिएको थियो । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १० मा भएको थियो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

मेड इन नेपाल हुन्डाई भेन्यु १. २(S) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ (SX) को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।

आजबाट सुरु भएको यस क्याम्पेमा नेपालभरबाट जाे काेहिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनीको फेसबुक पेज मार्फत जानकारी गराइनेछ ।

आजै आफू नजिकैको हुन्डाई शो-रुम गई यस योजनामा सहभागी भई टेस्ट-ड्राइभ गर्न कम्पनीको सुझाव छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ३७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा