बीपीलाई सम्झिँदै विनोद चौधरी भन्छन्- कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ परिभाषा दिने बेला भयो | Khabarhub Khabarhub

बीपीलाई सम्झिँदै विनोद चौधरी भन्छन्- कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ परिभाषा दिने बेला भयो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको आर्थिक दृष्टिकोणलाई नयाँ ढंगले परिभाषित गर्ने बेला आएको बताएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार बोल्ने क्रममा उनले कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ ढंगले परिभाषित गर्ने बेला आएको बताएका हुन् ।

चौधरीले पार्टीका संस्थापक बीपी कोइरालाले भनेको उत्पादनबिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा अहिले प्रमाणित भइसकेको पनि बताए ।

‘अब हाम्रो पार्टीको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ परिभाषित गर्ने बेला आएको जस्तो मलाई लाग्छ,’ उनले भने, ‘हाम्रा पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले उतिबेला भन्नुभएको उत्पादनबिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने प्रमाणित भइसकेको छ ।’

चौधरीले बीपीको दर्शनलाई आत्मसाथ गर्दै अहिलेको समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने बेला आएको पनि बताए ।

‘म त उहाँ (बीपी) लाई नेपाली समाज र माटो बुझेको दार्शनिकका रुपमा पनि लिन्छु,’ उनले भने, ‘अब हामीले उहाँका दर्शनलाई आत्मसाथ गर्दै अहिलेको समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने बेला आएको छ ।’

नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व हुने आशा पलाएको चौधरीले बताएका छन् ।

‘लामो अस्थिरताको चक्रब्यूहबाट देश बाहिर आएको दृष्टिकोणबाट जनताले लिएका छन्,’ उनले भने, ‘कांग्रेस-एमाले सहमतिअनुसार सरकार अगाडि बढेर अन्तरविरोध हटाउन सकिए मुलुककै लागि खुसीको समय हुने छ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ४५ बजे

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिङ

बाढीपहिरोबाट बागमतीमा एक सय दुई जनाको मृत्यु, २७ बेपत्ता

बागमती – भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो

बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

काठमाडौं – अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा

ललितपुरमा विपदमा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता

ललितपुर – अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको

ज्वाइँ साबका निर्देशकलाई प्रश्न : क्लाइमेक्स दृश्य लिक गर्नेलाई किन उजुरी नगरेको ?

काठमाडौं- कलाकार जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको