वर्षाले नहर भत्कायो, स्थानीयका धानखेती र घर जोखिममा « Khabarhub

वर्षाले नहर भत्कायो, स्थानीयका धानखेती र घर जोखिममा


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ ।

गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । 

असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छभने चार घर जोखिममा परेका छन् । नहर नजिकै रहेको एक परिवार विस्थापित बनेको छ । धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।  

‘असार अन्तिम साता आएको बाढीले नहर भत्काएपछि हाम्रो धानखेती कटान हुन थालेको छ’, भीमदत्त–९ का स्थानीय अर्जुन नाथले भने, ‘हामीले कटान रोक्नका लागि अस्थायी तटबन्धको माग गरे पनि कतैबाट सुनुवाइ भएन ।’ 

उनले महिना दिन पुग्न लाग्दासमेत कुनै निकायबाट सहयोग नभएको गुनासो गरे  ।

‘अहिले प्लाष्टिकले छोपेर खेत बचाउने प्रयास गरिरहेका छौँ’,  नाथले भने, ‘महाकाली सिँचाइ र नगरपालिकामा धाउँदा पनि कतैबाट सहयोग प्राप्त भएन ।’

 उक्त क्षेत्रमा पालिका प्रमुख तथा उपप्रमुख र यहाँका प्रदेशसभा सदस्यहरुले स्थलगत अवलोकन गरे पनि जमिनको कटान रोक्न कुनै प्रयास नगरेको स्थानीयको गुनासो छ । 

‘हेर्नलाई मन्त्री सांसद सबै आउनुभयो, हामीलाई आश्वासन मात्रै दिएर जानुभयो’, स्थानीय किरण नाथले भने, ‘हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसक्यो ।’ स्थानीयका अनुसार सामान्य वर्षामा समेत जमिन कटान हुन थालेको छ । तीन परिवारको पाँच कट्ठा बढी धानखेती कटान भएको छ । ‘खेत कटान भएर हाम्रो घरसम्म पुग्न २० मिटर मात्रै बाँकी छ’, उनले भने, ‘राति वर्षा भयो भने डरले घरमा सुत्दैनौँ ।’

भीमदत्त–९ का वडा सदस्य पशुपति सार्कीले नहर भत्किएपछि स्थानीयको घरखेत जोखिममा परेको बताए । ‘सुरुआतमा नहर भत्कियो, त्यसपछि स्थानीयको धानखेती कटान हुन थालेको छ’, वडा सदस्य सार्कीले भने, ‘कटानले गर्दा ब्रह्मदेव सडकसमेत जोखिममा परेको छ ।’ 

उनका अनुसार मटेनामा कटान हुँदा ठूलो क्षति गरेको छ । स्थानीयको खेतसँगै सडक भत्किएर आवतजाव बन्द भएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ०० बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै