परराष्ट्रमन्त्रीले भारतीय विदेश सचिवसँग उठाइन् नयाँ हवाई रुटको विषय | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीले भारतीय विदेश सचिवसँग उठाइन् नयाँ हवाई रुटको विषय


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार भेटवार्ता गरेका छन्। 

मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवम् विकास सहायता तथा आयोजनाहरू लगायतबारे छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारत सरकारसँग कुरा उठाएकी थिइन् । 

नेपालले खासगरी भैरहवा र पोखरा विमानस्थल नियमित सञ्चालनमा हवाई रुटको चुनौती भोगिरहेको छ । यी दुवै विमानस्थलमा आउने जहाजले सिमरा रुटकै भर पर्नुपरेको छ ।

नेपालले नेपालगञ्ज र महेन्द्रनगरसहितका नयाँ रुटबाट हवाई जहाज प्रवेशका लागि यसघिदेखि नै भारतसँग आग्रह गर्दै आएको छ ।

त्यस भेटका क्रममा मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् । 

भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउनेबारे मन्त्री राणाले उठाएको विषयमा धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने गरी छलफल भएको छ । 

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि छलफल गरेकी थिइन्। 

यस्तै व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो । 

मन्त्री डा. राणाले २०८० असोजमा गएको जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद दिएकी छन् । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ११ बजे

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी