भारतीय विदेशसचिवसँग गृहमन्त्रीले भने- नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ « Khabarhub

भारतीय विदेशसचिवसँग गृहमन्त्रीले भने- नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा विश्वस्त रहेको बताए ।

भारत-नेपाल सुरक्षा, पूर्वाधार, ऊर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए ।

गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्री लेखकले नेपालमा भारतबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने बताए ।

उनले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

सचिव मिस्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास जनाए ।

सच्याइएको- यसै समाचारको शीर्षकमा विदेशसचिव हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याएका छौँ- सम्पादक

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : २५ बजे

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्

एमाले केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित

काठमाडौं– एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति