बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते | Khabarhub Khabarhub

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

जेहनाबाद भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा सात जनाको मृत्यु भएको छ, साथै अन्य नौ जना घाइते भएका छन् ।

 बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो  ।  

जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।  

जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताएका छन् । उनीहरूका अनुसार शव पोस्टमार्टमका लागि पठाइँदै छ ।  

यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गरे । यस्तै सो घटनाबारेमा अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ५० बजे

भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट

इस्लामावाद- अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौंं– प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा

‘यस्तै अराजकता रहिरहे म फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्दै गयो’

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं– एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले

कहिल्यै आएन पिठो सस्तिने शासन

कहालीलाग्दो विनासको छायाँ ओझेल नपर्दै राजनीतिभित्र मानवता खरानी बनाउने तमासा