रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो « Khabarhub

रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युक्रेनको सेना रुसभित्र प्रवेश गरेको छ । सन् २०२२ फेब्रुअरीबाट युद्धरत युक्रेनी सेना हालैका दिनहरूमा रुसभित्र प्रवेश गरेको हो । 

रुसले युक्रेनको सेना आफ्नो देशको ३० किलोमिटर भित्रसम्म आइसकेको बताएको छ । जसलाई युक्रेनका तर्फबाट रूसमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ मानिएको छ । 

रूसको रक्षा मन्त्रालयले क्रुस्क क्षेत्रमा युक्रेनी सेनासँग सङ्घर्ष शुरू भएको ६ दिन पुगिसकेको जनाएको छ । मन्त्रालयलाई उद्धृत गर्दै टालपिनोओब्शची कोलोडेज गाउँमा रूस र युक्रेनका सैनिकबीच भिडन्त भएको बीबीसीले जनाएको छ । 

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले किभ (युक्रेनको राजधानी) ‘रूसमा शान्तिसँग बसिरहेका आमनागरिकलाई डराइरहेको’ आरोप लगाएकी छन् । 

युक्रेन के राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले गएराति देशवासीका नाममा सम्बोधन गर्दै पहिलो पटक रुसमाथि आक्रमण गरिएको स्वीकार गरेका छन् । उनले गर्मी याममा रूसले कुस्र्क क्षेत्रमा सीमापारी २ हजार पटक आक्रमण गरेको पनि बताए । 

जेलेन्स्कीले भने, ‘तोपखाना, मोर्टार र ड्रोन । हामीलाई मिसाइल आक्रमणका बारेमा पनि जानकारी छ । यस्तो अवस्थामा हरेक आक्रमणको उचित जवाफ दिनुपर्छ ।’

-बीबीसी

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ०० बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता