युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान « Khabarhub

युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० एजेन्डाको प्रेरक शक्ति युवा रहेको बताउँदै युवालाई विकासका लागि अझ बढी सहयोग गर्न आह्वान गरेकी छन् ।

सोमबार बेइजिङमा आयोजित सन् २०२४ को विश्व युवा विकास मञ्चलाई भिडियोमार्फत दिएको सन्देशमा मोहम्मदले यस्तो भनाइ राखेकी हुन् ।

‘टुगेदर फर अ बेटर फ्युचर’ शीर्षकको यस मञ्चमा १३० भन्दा बढी देशका दुई हजार भन्दा बढी युवाहरू र अनलाइन र अन-साइट दुवै माध्यमबाट २० अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी छन् ।

सदस्य राष्ट्रको सरकार, बहुपक्षीय संगठन, निजी क्षेत्र र नागरिक समाजले युवाहरूलाई आवाज उठाउन आवश्यक स्रोत र मञ्चहरू उपलब्ध गराउनुपर्ने मोहम्मदले बताइन् ।  

उनले युवाहरूको आवाज बढाउनका लागि संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले संयुक्त राष्ट्रसङघीय  प्रणाली र विश्वभरका सान्दर्भिक टोलीहरूसँग सहकार्य गर्ने वाचा गरिन् ।  

उनले युवाको अधिकार र स्वतन्त्रताको संरक्षण गरी उनीहरूलाई सशक्त बनाउन गुणस्तरीय शिक्षा र सीपको महत्त्वलाई पनि जोड दिइन्।  

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ३२ बजे

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन्