युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान « Khabarhub

युवालाई सहयोग गर्न राष्ट्रसङ्घका उपमहासचिवको आह्वान


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० एजेन्डाको प्रेरक शक्ति युवा रहेको बताउँदै युवालाई विकासका लागि अझ बढी सहयोग गर्न आह्वान गरेकी छन् ।

सोमबार बेइजिङमा आयोजित सन् २०२४ को विश्व युवा विकास मञ्चलाई भिडियोमार्फत दिएको सन्देशमा मोहम्मदले यस्तो भनाइ राखेकी हुन् ।

‘टुगेदर फर अ बेटर फ्युचर’ शीर्षकको यस मञ्चमा १३० भन्दा बढी देशका दुई हजार भन्दा बढी युवाहरू र अनलाइन र अन-साइट दुवै माध्यमबाट २० अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी छन् ।

सदस्य राष्ट्रको सरकार, बहुपक्षीय संगठन, निजी क्षेत्र र नागरिक समाजले युवाहरूलाई आवाज उठाउन आवश्यक स्रोत र मञ्चहरू उपलब्ध गराउनुपर्ने मोहम्मदले बताइन् ।  

उनले युवाहरूको आवाज बढाउनका लागि संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले संयुक्त राष्ट्रसङघीय  प्रणाली र विश्वभरका सान्दर्भिक टोलीहरूसँग सहकार्य गर्ने वाचा गरिन् ।  

उनले युवाको अधिकार र स्वतन्त्रताको संरक्षण गरी उनीहरूलाई सशक्त बनाउन गुणस्तरीय शिक्षा र सीपको महत्त्वलाई पनि जोड दिइन्।  

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ३२ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक