क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे सोमबार ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् । 

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घले जनाएको छ ।

महासङ्घले उद्योगहरूको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ३६ बजे

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर – विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ

सुनसरी– साइकलको सिटमुनि राखेर भारतबाट लागुऔधष ल्याउँदै गरेको अवस्थामा सशस्त्र

धरौटीमा छाडेको अदालतले देखेका रवि कसुरदार हुन सक्ने पाँच आधार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा

पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग

काठमाडौं – भन्सार विभागले साढे दुई वर्षअघि लोक सेवा आयोगमार्फत