पाँच लाख नयाँ सदस्य थप्न चार महिने अभियान चलाउँदै जसपा नेपाल | Khabarhub Khabarhub

पाँच लाख नयाँ सदस्य थप्न चार महिने अभियान चलाउँदै जसपा नेपाल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

ललितपुर – जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ । यही भाद्रको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्‌घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मङ्सिरको मसान्तसम्म जारी रहनेछ । 

केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिंगो पार्टी पङ्क्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिँदैछ । त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ । 

ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँको थसी ब्यांक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन दुई सय १५ जना केन्द्रीय सदस्यहरूलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ । 

केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, बिस्तार, शुद्धिकरणसुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । 

‘जनतासँग जसपा नेपाल,  आधारभूत संगठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरूलाई आह्वान गरेका छन् । 

संगठनलाई चुस्त दुरुस्त र बलियो बनाउनु त छँदैछ, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरुले आम समुदायमा छरेको भ्रमलाई चीर्ने र उत्पीडित समुदायको नेतृत्व गरेको एकमात्र पार्टीलाई क्षति पुर्‍याउनेको भण्डाफोर गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेको अध्यक्ष यादवले बताए । 

यो अभियान टोल, बुथ, गाँउ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रीत हुनेछ । पार्टी संगठन टोल, बुथ, वडा, गाँउ, नगर, प्रदेश, संघीय निर्वाचन क्षेत्रमा समिति गठन/पुनर्गठन, संगठन विस्तार, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभा, लगायत अन्य कार्यक्रमहरू गर्ने र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने बताइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू तय भएको जसपा नेपालले जनाएको छ ।  

‘यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौं’– अध्यक्ष यादवले भने ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ३९ बजे

पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा.

पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले 

सियोल– महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका

‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन

व्यासमा कृषिउपज संलन केन्द्र स्थापना

दमौली– व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज संकलन तथा बिक्री केन्द्र स्थापना