चौधरी ग्रुपको चाँदवाग स्कुल दुई दिनभित्र खाली गर्न महानगरको अल्टिमेटम « Khabarhub

चौधरी ग्रुपको चाँदवाग स्कुल दुई दिनभित्र खाली गर्न महानगरको अल्टिमेटम


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल दुई दिनभित्र खाली काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ ।

कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको थियो।

तर चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालन भइरहेको उक्त जग्गा सरकारीकरण भइसकेको छ ।

सरकारी जग्गा हडपेर चाँदबाग स्कुलको नाममा लगिएको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेपछि खाली गराउन महानगरपालिका सक्रिय भएको हो ।

मालपोत कार्यालय डिल्ली बजारका अनुसार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपूर्जा सरकारको नाममा कायम गरिसकिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०८० माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेस्ता अध्यावधिक गर्न पत्राचार गरेको थियो।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद बाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारका नाममा कायम गरेको हो।

मालपोत कार्यालयले चाँदवाग रेसिडेन्सीका अध्यक्ष ठाकुरलाई पत्र लेखी २१ दिनभित्र उपस्थित हुन भनेको थियो । पत्रमा भनिएको थियो, ‘… २०८०–१०–२२ को आदेशबमोजिम उक्त जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन मिति २०८०–१०–२४ को आदेशबमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ ।’

कम्पनीका अध्यक्ष ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । अदालतको आदेशअनुसार उनीहरू जमानीमा छुटेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ४७ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण