एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी  « Khabarhub

एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘किङ’मा बलिउड नायक शाहरुख खान र उनकी छोरी सुहानाको अभिनय रहने पक्का भएको छ । शाहरुखले भर्खरै एक अन्तरवार्तामा यसको पुष्टि गरेका हुन् । 

स्विट्जरल्याण्डमा जारी लोकार्नो फिल्म फेस्टिभलमा जिओना ए नाजारोसँगको कुराकानीमा  शाहरुखले आफ्नो आगामी फिल्म ‘किङ’ रहेको बताएका हुन् । यस फिल्ममा उनकी छोरी सुहाना यसअघि नै अनुबन्ध भइसकेकी छन् । यस फिल्मको खलपात्रको भूमिकामा अभिषेक बच्चन रहेका छन् । 

यो शाहरुख र सुहानाको पहिलो सहकार्य हो । शाहरुखले यस फिल्ममा अनुबन्ध हुनुको कारणबारे पनि खुलासा गरेका छन् । पछिल्लो सात वर्षदेखि आफूले गर्न चाहेको कथा भएकाले यस फिल्ममा जोडिएको उनले बताए । 

‘म फिल्म गर्नुअघि साथीहरू र फिल्म क्षेत्रका मान्छेहरूलाई यस्तो कथामा काम गर्न मन छ भनेर कुरा राख्छु । उनीहरूले त्यहीअनुसारको कथा सुनाए भने काम गर्छु,‘  उनले भने, ‘म पछिल्लो ७ वर्षदेखि उमेर केन्द्रित फिल्म गर्न चाहिरहेको थिएँ । सुयोगले घोशले मेरो अफिसमा आएर तपाईंले खोजे जस्तो कथा छ भन्नुभएको थियो ।’

 ‘किङ’का लागि शाहरुखले तौल घटाउनुपर्ने छ । यसलाई शाहरुखले चुनौतीपूर्ण कामका रुपमा लिएका छन् । उनी भन्छन्, ‘एक्सन गर्दा ढाड नदुखोस् भनेर मैले त्यसको तयारी पनि गर्नुछ ।’

यो फिल्म शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्ली र मार्फिलिक्सको सहकार्यमा बन्न लागेको हो । सुयोगको लेखन र निर्देशन रहने यो फिल्म  एक्सन जनरामा आधारित रहने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ४८ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश