एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजले पारो एफसीसंग प्रतिष्पर्धा गर्दै « Khabarhub

एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजले पारो एफसीसंग प्रतिष्पर्धा गर्दै


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एएफसी च्यालेन्ज लिगको प्लेअफमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मंगलबार भुटानी टोली पारो एफसीसंग प्रतिष्पर्धा गर्दैछ । 

उक्त खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने छ । खेलमा चर्च ब्वाइज घरेलु मैदानलाई उपयोग गर्दै जितको लक्ष्यका साथ मैदान उत्रँदैछ । खेल अघि सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नतिजा  दिने बताए । 

उनले पारो एफसीसंग आफ्नो क्लब तयारी अवस्थामा रहेको र टिमप्रति सन्तोषजनक रहेको जिकिर गरे ।

त्यस्तै चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । प्रशिक्षणको सुरुवाती चरणमा टिममा केही समस्या देखिएपनि अहिले टिमले बलियो तयारी गरेको उनको भनाइ छ ।

त्यस्तै भुटानी टोली पारो एफसीका प्रशिक्षक र कप्तानले पनि प्लेअफमा राम्रो नतिजा आउने गरि तयारी गरेको जनाएका थिए । खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुवन्ध गरेको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : २० बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका