एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजले पारो एफसीसंग प्रतिष्पर्धा गर्दै « Khabarhub

एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजले पारो एफसीसंग प्रतिष्पर्धा गर्दै


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी च्यालेन्ज लिगको प्लेअफमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मंगलबार भुटानी टोली पारो एफसीसंग प्रतिष्पर्धा गर्दैछ । 

उक्त खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने छ । खेलमा चर्च ब्वाइज घरेलु मैदानलाई उपयोग गर्दै जितको लक्ष्यका साथ मैदान उत्रँदैछ । खेल अघि सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नतिजा  दिने बताए । 

उनले पारो एफसीसंग आफ्नो क्लब तयारी अवस्थामा रहेको र टिमप्रति सन्तोषजनक रहेको जिकिर गरे ।

त्यस्तै चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । प्रशिक्षणको सुरुवाती चरणमा टिममा केही समस्या देखिएपनि अहिले टिमले बलियो तयारी गरेको उनको भनाइ छ ।

त्यस्तै भुटानी टोली पारो एफसीका प्रशिक्षक र कप्तानले पनि प्लेअफमा राम्रो नतिजा आउने गरि तयारी गरेको जनाएका थिए । खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुवन्ध गरेको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : २० बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको