बङ्गलादेशी गृह मामिला सल्लाहकार सखावत हुसेनले मागे माफी, भने– सुरक्षा दिन सकेनौँ  « Khabarhub

बङ्गलादेशी गृह मामिला सल्लाहकार सखावत हुसेनले मागे माफी, भने– सुरक्षा दिन सकेनौँ 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (सेवा निवृत्त) एम सखावत हुसेनले अल्पसङ्ख्यकहरूको सुरक्षा दिन नसकेको भन्दै माफी मागेका छन् । 

प्रधानमन्त्री सेख हसिनाले पदबाट राजीनामा दिएर देशबाट भागेपछि बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बीमाथि मुस्लिम धर्मावलम्बीहरूले जादति गरेको समाचार आइरहेका बेला उनले माफी मागेका हुन् ।

‘अल्पसंख्यकहरुलाई सुरक्षा दिनु बहुसंख्यकहरुको जिम्मेवारी हो । तर, उनीहरु बहुसङ्ख्यकले अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन सकेनन् ।

तपाईंहरू मस्जिद गएर ५ पल्ट नमाज पढ्न सक्नुहुन्छ,’ हुसेनले भने, ‘तर अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन सक्नुभएन । अल्पङ्ख्यकलाई सुरक्षा दिनु तपाईंको जिम्मेवारी हो । तपाईंहरू असफल हुनुभयो । यसको जवाफ दिनुपर्छ ।’

उनले अल्पसङ्ख्यकसँग माफी पनि मागेका छन् । ‘म मेरा अल्पसङ्ख्यक भाइहरूसँग माफी माग्न चाहन्छु, मलाई माफी दिनुस् । अहिले पनि हाम्रो अवस्था अस्थिर छ । हामी हरेक क्षेत्रमा तपाईंहरूलाई सुरक्षा दिन सकिरहेका छैनौँ । केही स्थानहरूमा सिविल सोसाइटीका मानिसहरूले अल्पसङ्ख्यकलाई सुरक्षा दिएका छन् । पुलिस र रेपिड एक्शन फोर्सको अवस्था अहिले पनि राम्रो छैन । तर, अवस्था सुधार्छौँ ।’

हुसेनले जन्माष्टमी पूजाका लागि सम्पूर्ण सुरक्षाको प्रबन्ध गरिने आश्वासन पनि दिए । उनले दुर्गा पूजाको बिदा तीन दिनसम्म बढाउन पनि सुझाव दिए ।
‘जति सुरक्षा चाहिन्छ, उपलब्ध गराउँछौँ । यसका लागि जिल्ला प्रशासक जिम्मेवारी लिन्छन् । हाम्रो काम भनेको सबैको रक्षा गर्ने हो,’ हुसेनले भने, ‘चाहे कोही हिन्दु होस कि मुस्लिम वा इसाई होस् । म विश्वस्त छु मेरो कुराबाट तपाईंहरू आश्वस्त हुनुहुनेछ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ०० बजे

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्

एमाले केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित

काठमाडौं– एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति