बङ्गलादेशी गृह मामिला सल्लाहकार सखावत हुसेनले मागे माफी, भने– सुरक्षा दिन सकेनौँ  « Khabarhub

बङ्गलादेशी गृह मामिला सल्लाहकार सखावत हुसेनले मागे माफी, भने– सुरक्षा दिन सकेनौँ 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (सेवा निवृत्त) एम सखावत हुसेनले अल्पसङ्ख्यकहरूको सुरक्षा दिन नसकेको भन्दै माफी मागेका छन् । 

प्रधानमन्त्री सेख हसिनाले पदबाट राजीनामा दिएर देशबाट भागेपछि बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बीमाथि मुस्लिम धर्मावलम्बीहरूले जादति गरेको समाचार आइरहेका बेला उनले माफी मागेका हुन् ।

‘अल्पसंख्यकहरुलाई सुरक्षा दिनु बहुसंख्यकहरुको जिम्मेवारी हो । तर, उनीहरु बहुसङ्ख्यकले अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन सकेनन् ।

तपाईंहरू मस्जिद गएर ५ पल्ट नमाज पढ्न सक्नुहुन्छ,’ हुसेनले भने, ‘तर अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन सक्नुभएन । अल्पङ्ख्यकलाई सुरक्षा दिनु तपाईंको जिम्मेवारी हो । तपाईंहरू असफल हुनुभयो । यसको जवाफ दिनुपर्छ ।’

उनले अल्पसङ्ख्यकसँग माफी पनि मागेका छन् । ‘म मेरा अल्पसङ्ख्यक भाइहरूसँग माफी माग्न चाहन्छु, मलाई माफी दिनुस् । अहिले पनि हाम्रो अवस्था अस्थिर छ । हामी हरेक क्षेत्रमा तपाईंहरूलाई सुरक्षा दिन सकिरहेका छैनौँ । केही स्थानहरूमा सिविल सोसाइटीका मानिसहरूले अल्पसङ्ख्यकलाई सुरक्षा दिएका छन् । पुलिस र रेपिड एक्शन फोर्सको अवस्था अहिले पनि राम्रो छैन । तर, अवस्था सुधार्छौँ ।’

हुसेनले जन्माष्टमी पूजाका लागि सम्पूर्ण सुरक्षाको प्रबन्ध गरिने आश्वासन पनि दिए । उनले दुर्गा पूजाको बिदा तीन दिनसम्म बढाउन पनि सुझाव दिए ।
‘जति सुरक्षा चाहिन्छ, उपलब्ध गराउँछौँ । यसका लागि जिल्ला प्रशासक जिम्मेवारी लिन्छन् । हाम्रो काम भनेको सबैको रक्षा गर्ने हो,’ हुसेनले भने, ‘चाहे कोही हिन्दु होस कि मुस्लिम वा इसाई होस् । म विश्वस्त छु मेरो कुराबाट तपाईंहरू आश्वस्त हुनुहुनेछ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ०० बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक