कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित « Khabarhub

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक तत्कालका लागि स्थगित गरेको छ । कांग्रेसले साउन २३ गतेबाट सुरु भएको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरेको हो । 

केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले सोमबारको बैठकमा पनि ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको बताए । सोमबारको बैठकमा २१ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । 

हालसम्म ९४ जना केन्द्रीय सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरुले धारणा राखिसकेका छन् । कांग्रेसले पार्टीका प्रदेश सभापतिहरुलाई आमन्त्रित सदस्यका रुपमा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी गराउँदै आएको छ । 

बैठकको पहिलो दिन केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराएका थिए । 

यस्तै केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका बारेमा पार्टीलाई ‘ब्रिफ’ गरेकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : १३ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य