कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित « Khabarhub

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक तत्कालका लागि स्थगित गरेको छ । कांग्रेसले साउन २३ गतेबाट सुरु भएको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरेको हो । 

केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले सोमबारको बैठकमा पनि ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको बताए । सोमबारको बैठकमा २१ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । 

हालसम्म ९४ जना केन्द्रीय सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरुले धारणा राखिसकेका छन् । कांग्रेसले पार्टीका प्रदेश सभापतिहरुलाई आमन्त्रित सदस्यका रुपमा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी गराउँदै आएको छ । 

बैठकको पहिलो दिन केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराएका थिए । 

यस्तै केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका बारेमा पार्टीलाई ‘ब्रिफ’ गरेकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : १३ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण