प्रचण्ड भन्छन्- माओवादीमा कसैले तलमाथि गर्दैन, पार्टी विभाजन हुँदैन « Khabarhub

प्रचण्ड भन्छन्- माओवादीमा कसैले तलमाथि गर्दैन, पार्टी विभाजन हुँदैन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुनै गुञ्जायस नरहेको बताएका छन् ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा दाहाले यस्तो बताएका हुन् ।

उपममहासचिव जनार्दन शर्माले दस्तावेज नै पेश गरेर अब प्रचण्डले नेतृत्वको विकल्प दिनुपर्ने बताएको सन्दर्भमा उनले पार्टीमा तलमाथि केही नहुने बताउँदै सबै मिलेर अघि बढ्ने जवाफ दिए ।

‘पार्टी बैठकमै नेतृत्व हस्तान्तरणको पस्ताव आएको छ, यसमा के छ तपाईंको धारणा ?’ सोमबार उनलाई पत्रकारहरूले घेरेर सोधे । जवाफमा प्रचण्डले भने, ‘हाम्रो पार्टीभित्र केही हुँदैन, सबै मिलेर अगाडि बढ्छन् । तपाईंहरूलाई न छ तनाव त, हामीलाई केही भएको छैन ।’

उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्तावसहितको दस्तावेज पार्टी बैठकमै पेस गरेका छन् । यसका कारण प्रचण्डले माओवादीमा संस्थागत चुनौतीको सामना गर्नुपरेको छ ।

उपमहासचिव शर्माले बैठकमा पेस गरेको दस्तावेजमार्फत् प्रचण्डलाई अनेक प्रश्न गरेका छन् । उनले पार्टी अहिलेको कमजोर अवस्थामा पुग्नुको प्रमुख दोषी प्रचण्डलाई नै मानेर उनले अब नेतृत्वको विकल्प दिनुपर्ने धारणा दस्तावेजमार्फत राखेका थिए।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २९ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली