लाओसद्वारा अयोध्याको रामलाला तस्बिर अंकित हुलाक टिकट जारी | Khabarhub Khabarhub

लाओसद्वारा अयोध्याको रामलाला तस्बिर अंकित हुलाक टिकट जारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुक लाओसले भारतको अयोध्यामा स्थापना गरिएको भगवान् रामको तस्बिर अंकित हुलाक टिकट जारी गरेको छ ।

लाओस अयोध्यामा स्थापना गरिएको रामलालाको तस्बिर अंकित हुलाक टिकट जारी गर्ने पहिलो मुलुक बनेको छ । भारतीय विदेशमन्त्री एश जयशङ्करको लाओस भ्रमणका क्रममा उक्त हुलाक टिकट जारी गरिएको हो ।

राजधानी भिएन्टिएनमा आयोजित एक समारोहमा विदेशमन्त्री जयशङ्कर र लाओसका उपप्रधान एवम् विदेशमन्त्री सलेउम्से कोम्मासिथले संयुक्त रुपमा उक्त टिकट जारी गरेका हुन् ।

भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार उक्त समारोहमा लाओसका लागि भारतीय राजदूत प्रशान्त अग्रवाल पनि सहभागी थिए । विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र रामायण लाओसको सँस्कृतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

अयोध्यामा गत जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको उद्घाटन गरेका थिए । उक्त मन्दिरमा भगवान् रामको ५१ इन्च अग्लो प्रतिमा स्थापित छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३२ बजे

पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक, को-को परे ?

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न

फिल्म निर्माणमा सलोन, असोज ११ बाट छायांकन थालिने

काठमाडौं- फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । निर्माण पक्षले सोमबार

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई पनि सहकारी संस्थाको बचत

पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले 

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङमा भएको