लाओसद्वारा अयोध्याको रामलाला तस्बिर अंकित हुलाक टिकट जारी « Khabarhub

लाओसद्वारा अयोध्याको रामलाला तस्बिर अंकित हुलाक टिकट जारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुक लाओसले भारतको अयोध्यामा स्थापना गरिएको भगवान् रामको तस्बिर अंकित हुलाक टिकट जारी गरेको छ ।

लाओस अयोध्यामा स्थापना गरिएको रामलालाको तस्बिर अंकित हुलाक टिकट जारी गर्ने पहिलो मुलुक बनेको छ । भारतीय विदेशमन्त्री एश जयशङ्करको लाओस भ्रमणका क्रममा उक्त हुलाक टिकट जारी गरिएको हो ।

राजधानी भिएन्टिएनमा आयोजित एक समारोहमा विदेशमन्त्री जयशङ्कर र लाओसका उपप्रधान एवम् विदेशमन्त्री सलेउम्से कोम्मासिथले संयुक्त रुपमा उक्त टिकट जारी गरेका हुन् ।

भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार उक्त समारोहमा लाओसका लागि भारतीय राजदूत प्रशान्त अग्रवाल पनि सहभागी थिए । विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र रामायण लाओसको सँस्कृतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

अयोध्यामा गत जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको उद्घाटन गरेका थिए । उक्त मन्दिरमा भगवान् रामको ५१ इन्च अग्लो प्रतिमा स्थापित छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३२ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन