ओली नेतृत्वको सरकार बनेपछि सुधारका सङ्केत देखिए : शङ्कर पोखरेल « Khabarhub

ओली नेतृत्वको सरकार बनेपछि सुधारका सङ्केत देखिए : शङ्कर पोखरेल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले सरकारका काममा सुधारका सङ्केत देखिन थालेको बताएका छन् । ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताए ।

“अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ । प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ”, उनले भने, “आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्दछ ।”

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औंल्याए । सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उनले देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे ।

महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पारे । मुलुक लगातार आर्थिक सङ्कटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दाबी गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : ३३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर