विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति हुँदै « Khabarhub

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति हुँदै


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गलकोट – विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन्। गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति सुरु भएको हो।

स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उनको भनाइ छ।

वि.सं. २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबिच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ। विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

नगरभित्र सडक कालोपत्र गर्न पहिलोपटक ठूलो रकममा ठेक्का सम्झौता भएको बताउँदै आगामी जेठभित्र कालोपत्र सक्नेगरी निर्माण व्यवसायीले सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्ने काम गरिरहेका छन्।

“नगरपालिकामा यति ठूलो योजना कार्यान्वयनमा गएको पहिलो पटक हो, सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ”, श्रेष्ठले भने, “ठेक्का सम्झौता गरेको भोलिपल्टदेखि व्यवसायी काममा खटिनुभएको छ, निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ।”

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको छ। सडक निर्माणको जिम्मा आशिष÷फेवा जेवीले लिएको छ। नगरपालिका भित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेलसम्बन्धी हुने अपेक्षा गरिएको छ। उक्त सडक प्रविधिमैत्रीसमेत हुनेछन्।

उक्त सडक आठ मिटर चौडा हुनेछन् भने तीन सडकको लम्बाई १३ किमी हुनेछ। देशभरका नगरपालिकामध्ये १७ नगरपालिकाले मात्रै विश्व बैकको अनुदान पाएका बागलुङ नगरपालिकाले जनाएको छ।

अहिले तीनवटै सडक चौडा पार्न, पर्खाल लगाउने काममा दुई सय मजदुर, आठवटा ठूला स्काभेटर परिचालन गरिएको निर्माण व्यवसायी आशिष फेवा जेवीका राजेन्द्र पहाडीले बताए। भारी वर्षाका कारण काम गर्न समस्या भइरहेको भन्दै वर्षा रोकिएपछि पुनः कामको गतिलाई वृद्धि गरिने उनको भनाइ छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : १२ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्