साहित्य

पत्रकार सुधीर शर्माले लेखे दुई पुस्तक

By खबरहब

September 12, 2024

काठमाडौं- कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक पत्रकार सुधीर शर्माले एकसाथ दुईवटा पुस्तक लेखेका छन् । उनका दुबै पुस्तक आइतबार बजारमा आउँदैछन् ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका हुन् ।

पुस्तक ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् ।

अर्को पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ मा पत्रकार शर्माले नेपालको भोट र चीनसँगको सम्बन्धका ऐतिहासिक पहेलीहरु केलाएका छन् ।

किताब पब्लिसर्सद्वारा प्रकाशित दुबै किताबको विमोचन आइतबार गगन थापा, शंकर पोखरेल, डा। स्वर्णिम वाग्ले र लीला न्याइच्याईले संयुक्तरुपमा गर्दैछन् ।

यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ ।

कान्तिपुर पत्रिकाबाट राजीनामा दिएपछि शर्माले ‘अनि अब’ नामक युट्युब अन्तरवार्ता श्रृंखला चलाउँदै आएका छन् ।