पत्रकार सुधीर शर्माले लेखे दुई पुस्तक « Khabarhub

पत्रकार सुधीर शर्माले लेखे दुई पुस्तक


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक पत्रकार सुधीर शर्माले एकसाथ दुईवटा पुस्तक लेखेका छन् । उनका दुबै पुस्तक आइतबार बजारमा आउँदैछन् ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका हुन् ।

पुस्तक ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् ।

अर्को पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ मा पत्रकार शर्माले नेपालको भोट र चीनसँगको सम्बन्धका ऐतिहासिक पहेलीहरु केलाएका छन् ।

किताब पब्लिसर्सद्वारा प्रकाशित दुबै किताबको विमोचन आइतबार गगन थापा, शंकर पोखरेल, डा। स्वर्णिम वाग्ले र लीला न्याइच्याईले संयुक्तरुपमा गर्दैछन् ।

यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ ।

कान्तिपुर पत्रिकाबाट राजीनामा दिएपछि शर्माले ‘अनि अब’ नामक युट्युब अन्तरवार्ता श्रृंखला चलाउँदै आएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १० : २८ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६