पत्रकार सुधीर शर्माले लेखे दुई पुस्तक « Khabarhub

पत्रकार सुधीर शर्माले लेखे दुई पुस्तक


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक पत्रकार सुधीर शर्माले एकसाथ दुईवटा पुस्तक लेखेका छन् । उनका दुबै पुस्तक आइतबार बजारमा आउँदैछन् ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका हुन् ।

पुस्तक ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् ।

अर्को पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ मा पत्रकार शर्माले नेपालको भोट र चीनसँगको सम्बन्धका ऐतिहासिक पहेलीहरु केलाएका छन् ।

किताब पब्लिसर्सद्वारा प्रकाशित दुबै किताबको विमोचन आइतबार गगन थापा, शंकर पोखरेल, डा। स्वर्णिम वाग्ले र लीला न्याइच्याईले संयुक्तरुपमा गर्दैछन् ।

यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ ।

कान्तिपुर पत्रिकाबाट राजीनामा दिएपछि शर्माले ‘अनि अब नामक युट्युब अन्तरवार्ता श्रृंखला चलाउँदै आएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १० : २८ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–