सीट क्षमताभन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश  « Khabarhub

सीट क्षमताभन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश 

लामो दुरीमा दुई जना चालक अनिवार्य


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सार्वजनिक सवारीसाधनमाा सीट क्षमताभन्दा बढी यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल लगायतले दायर गरेका रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच विषयमा अन्तरिम आदेश जारी भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरीत सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा नचढाउन नराख्ने आदेशको माग गरिएको थियो ।

यातायात व्यवस्था सम्बन्धी प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनीय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा सो लाई न्यूनीकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्मक आदेशको माग गरिएको थियो ।

त्यसै गरी सवारी साधन भित्र यात्रुको इच्छा विपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउन, उच्चवाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन माग गरिएको थियो ।

त्यस्तै, १८ वर्ष उमेर नभएका नाबालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तीमा दुई चालक अनिवार्य रूपमा राख्ने व्यवस्था गराउन भनिएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ- निवेदकले अन्तरिम आदेशसमेत माग गरेतर्फ विचार गर्दा निवेदकले निवेदनमा उठाएका धेरै विषयहरू भएको र अधिकांश विषयमा लिखित जवाफ पेस भई प्रस्तुत निवेदनको अन्तिम सुनुवाइ हुँदा सम्बोधन हुने प्रकृतिको देखिदा हाललाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) को (ख) बमोजिम देहायका विषयहरूमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ, सो पालना गर्नु,गराउनु भन्दै हाललाई पाँच वटा विषयमा आदेश भएको हो ।

पहिलो नम्बरमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु र सवारी भित्र यात्रुको इच्छा विपरीत ठुलो स्वरमा म्युजिक सिस्टम नबजाउनु । त्यसै गरी उच्च वाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तीव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नाबालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ११ : २० बजे

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको