जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ « Khabarhub

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन्। उनले स्वास्थ्यसम्बन्धी अपूर्ण, गलत तथा अतिरञ्जित समाचार र सामाजिक सञ्जालमा आएका सामग्रीका आधारमा निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

थपलियाका अनुसार साउन १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला उनको रक्तचाप र मधुमेहमा अचानक असन्तुलन देखिएपछि स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको थियो। चिकित्सकको सल्लाहअनुसार थप परीक्षण र उपचारका लागि उनी करिब आठ दिन वीर अस्पतालमा भर्ना भएर उपचाररत थिए।

आवश्यक परीक्षण, चिकित्सकीय निगरानी र उपचारपछि अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले बताएका छन्। वीर अस्पतालका प्रा.डा. ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सक टोलीप्रति उनले विशेष आभार व्यक्त गरेका छन्।

अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेता, सहकर्मी, कार्यकर्ता, आफन्त र शुभेच्छुकप्रति पनि उनले धन्यवाद दिएका छन्।

यद्यपि, आफू अझै पूर्ण रूपमा स्वस्थ नभइसकेको भन्दै थपलियाले तत्काल पूर्ववत् रूपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भएर जिम्मेवारी निर्वाह गर्ने अवस्थामा नरहेको स्पष्ट पारेका छन्। चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्।

स्वास्थ्यलाभपछि थप ऊर्जा र प्रतिबद्धताका साथ एमाले बागमती प्रदेशलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रिय स्तरमा पार्टीको भूमिका बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने थपलियाले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : १७ बजे

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

काठमाडौं– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई