‘द स्ट्रेन्जर्स’ ले ल्यायो नेपाल भाषाको इन्द्रजात्रा (भिडियोसहित )  | Khabarhub Khabarhub

‘द स्ट्रेन्जर्स’ ले ल्यायो नेपाल भाषाको इन्द्रजात्रा (भिडियोसहित ) 



काठमाडौं– बि.सं. २०४७ सालमा काठमाडौंका स्थानीय युवाहरूले गठन गरेको साङ्गीतिक समूह ‘द स्ट्रेन्जर्स’ ले लामो समयपछि नयाँ सृजना श्रोता दर्शक माझ प्रस्तुत गर्ने भएका छन् ।

यस वर्ष इन्द्रजात्रा पर्वको अवसरमा द स्ट्रेन्जर्सले नेपाल भाषाको गीत ‘इन्द्रजात्रा’ आफ्नो आधिकारिक युट्युब मार्फत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा इन्द्रजात्रामा प्रस्तुत हुने ऐतिहासिक सांस्कृतिक परम्पराहरू लाखे नाच, पुलु किसि, सवभकु, दागीं लगायतका दृश्यहरू समेटिएका छन् भने जीवित देवी कुमारीको रथ यात्रा लगायतका इन्द्रजात्राका अन्य सांस्कृतिक महत्वका परम्पराहरू समेटिएका छन् ।

म्युजिक भिडियोमा चिरायु शाक्यले छायांकन गरिएका दृश्यहरू प्रयोग भएका छन् भने भिडियोको सम्पादन सचिन चिमोरियाले गरेका छन् ।

नेपाल भाषाको उक्त गीतको बोल विशेषतः इन्द्रजात्रामा मनाइने सांस्कृतिक परम्परा र सोही अवसरमा युवायुवती बीच गाँसिएको माया पिरतीमा केन्द्रित रहेको छ ।

उक्त गीतको रचना रुमन जोशी र द स्ट्रेन्जर्सले संयुक्त रूपमा तयार पारेका हुन् भने गीतको सङ्गीत संयोजन द स्ट्रेन्जर्स तथा उत्सव शाक्यको रहेको छ ।

भिडियोमा हेर्नुहोस् : 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १२ : ४८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका