‘द स्ट्रेन्जर्स’ ले ल्यायो नेपाल भाषाको इन्द्रजात्रा (भिडियोसहित )  « Khabarhub

‘द स्ट्रेन्जर्स’ ले ल्यायो नेपाल भाषाको इन्द्रजात्रा (भिडियोसहित ) 



काठमाडौं– बि.सं. २०४७ सालमा काठमाडौंका स्थानीय युवाहरूले गठन गरेको साङ्गीतिक समूह ‘द स्ट्रेन्जर्स’ ले लामो समयपछि नयाँ सृजना श्रोता दर्शक माझ प्रस्तुत गर्ने भएका छन् ।

यस वर्ष इन्द्रजात्रा पर्वको अवसरमा द स्ट्रेन्जर्सले नेपाल भाषाको गीत ‘इन्द्रजात्रा’ आफ्नो आधिकारिक युट्युब मार्फत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा इन्द्रजात्रामा प्रस्तुत हुने ऐतिहासिक सांस्कृतिक परम्पराहरू लाखे नाच, पुलु किसि, सवभकु, दागीं लगायतका दृश्यहरू समेटिएका छन् भने जीवित देवी कुमारीको रथ यात्रा लगायतका इन्द्रजात्राका अन्य सांस्कृतिक महत्वका परम्पराहरू समेटिएका छन् ।

म्युजिक भिडियोमा चिरायु शाक्यले छायांकन गरिएका दृश्यहरू प्रयोग भएका छन् भने भिडियोको सम्पादन सचिन चिमोरियाले गरेका छन् ।

नेपाल भाषाको उक्त गीतको बोल विशेषतः इन्द्रजात्रामा मनाइने सांस्कृतिक परम्परा र सोही अवसरमा युवायुवती बीच गाँसिएको माया पिरतीमा केन्द्रित रहेको छ ।

उक्त गीतको रचना रुमन जोशी र द स्ट्रेन्जर्सले संयुक्त रूपमा तयार पारेका हुन् भने गीतको सङ्गीत संयोजन द स्ट्रेन्जर्स तथा उत्सव शाक्यको रहेको छ ।

भिडियोमा हेर्नुहोस् : 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १२ : ४८ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको