संसदीय सुनुवाइ समितिमा प्रस्तावित चार राजदूतको सुनुवाइ « Khabarhub

संसदीय सुनुवाइ समितिमा प्रस्तावित चार राजदूतको सुनुवाइ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबीचको सम्बन्ध, विश्व मञ्चमा दुई देशको भूमिकालगायतका बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।

उनले आफू प्रस्तावित मुलुकमा राजदूतका रुपमा काम गर्ने अवसर पाएको खण्डमा आर्थिक कुटनीतिका अलावा श्रम कुटनीतिलाई पनि उत्तिकै महत्त्व दिने बताए। उनले समितिलाई सो देशको बारेमा जानकारी गराउँदै दूतावासबाट हुने सेवा प्रवाहलाई थप परिष्कृत र वैज्ञानिक बनाउन पहल गर्ने धारणा राखे ।

समितिले आज बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले  भारतका लागि डा शंकरप्रसाद शर्मा, चीनका लागि डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो ।

त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्तराज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १२ : ५६ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि