निश्चलको पाँचौ निर्देशन ‘डेनी डेन्जरस’ | Khabarhub Khabarhub

निश्चलको पाँचौ निर्देशन ‘डेनी डेन्जरस’


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक निश्चल बस्नेतले फिल्म ‘डेनी डेन्जरस’ निर्माणको घोषणा गरेका छन् । उनको निर्देशन रहने यो पाँचौ फिल्म हो ।

निश्चलले टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म सन् २०२५ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पोस्टरबाट फिल्म एक्सन थ्रिलर जनरामा निर्माण हुन लागेको अनुमान गर्न सकिन्छ ।

निश्चलका अनुसार फिल्मको कथा उनी र अर्को एक व्यक्तिले लेखेका हुन् । उनी खबरहबसँग भन्छन्, ‘अहिले लेखन भइरहेको छ । लेखक र अन्य जानकारी बिस्तारै सार्वजनिक गर्छौं ।’

कलाकार चयनको काम पनि सुरुवाती चरणमै रहेको उनले बताए। यद्यपि कोही कलाकार अनुबन्ध भइनसकेको उनी बताउँछन् ।

आगामी माघ वा फागुनमा छायाङ्कनमा निस्कने योजनामा निश्चल छन् । फिल्म निश्चलकै ‘ब्ल्याक हर्स पिक्चरमा’को ब्यानरमा बन्न लागेको हो ।

निश्चलले यसअघि फिल्म लुट, लुट २, टलकजंग भर्सेस टुल्के र दिमाख खराब निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ५८ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका