निश्चलको पाँचौ निर्देशन ‘डेनी डेन्जरस’ « Khabarhub

निश्चलको पाँचौ निर्देशन ‘डेनी डेन्जरस’


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक निश्चल बस्नेतले फिल्म ‘डेनी डेन्जरस’ निर्माणको घोषणा गरेका छन् । उनको निर्देशन रहने यो पाँचौ फिल्म हो ।

निश्चलले टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म सन् २०२५ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पोस्टरबाट फिल्म एक्सन थ्रिलर जनरामा निर्माण हुन लागेको अनुमान गर्न सकिन्छ ।

निश्चलका अनुसार फिल्मको कथा उनी र अर्को एक व्यक्तिले लेखेका हुन् । उनी खबरहबसँग भन्छन्, ‘अहिले लेखन भइरहेको छ । लेखक र अन्य जानकारी बिस्तारै सार्वजनिक गर्छौं ।’

कलाकार चयनको काम पनि सुरुवाती चरणमै रहेको उनले बताए। यद्यपि कोही कलाकार अनुबन्ध भइनसकेको उनी बताउँछन् ।

आगामी माघ वा फागुनमा छायाङ्कनमा निस्कने योजनामा निश्चल छन् । फिल्म निश्चलकै ‘ब्ल्याक हर्स पिक्चरमा’को ब्यानरमा बन्न लागेको हो ।

निश्चलले यसअघि फिल्म लुट, लुट २, टलकजंग भर्सेस टुल्के र दिमाख खराब निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ५८ बजे

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा