पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन « Khabarhub

पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लिमा– पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

‘क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,’ फुजिमोरीकी छोराछोरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बताएको थियो ।

लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उहाँलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो। 

सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो।

उनले पेरूको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उनलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उहाँलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।

सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १ : १५ बजे

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना