कतार उड्न लागेका युवकलाई जब प्रहरीले विमानस्थलमा हतकडी लगायो | Khabarhub Khabarhub

कतार उड्न लागेका युवकलाई जब प्रहरीले विमानस्थलमा हतकडी लगायो


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

गोरखा- वैदेशिक रोजगारीका लागि कतार उड्न तम्तयार एकजना युवक आफ्ने गल्तीले प्रहरीको हिरासतमा पुगेका छन् । गोरखाका एकजना युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

गोरखाको आरुघाट गाउँपलिका–६ निवासी २८ वर्षीय सुरज गुरुङलाई बहुविवाह आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

‘सुरजकी जेठी श्रीमती रिताले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो’, उनले भने, ‘बहुविवाहलगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँगको समन्वयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’

कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको सूचना पाएपछि उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमान्ले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएकी थिइन् ।

‘उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर त्यही दिन पक्राउ गरी गोरखा ल्याइएको हो’, श्रेष्ठले भने ।

उनलाई अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ५५ बजे

मेलम्चीको पानी आजदेखि काठमाडौँ पठाइँदै

सिन्धुपाल्चोक– मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही

प्रभावकारी बन्दै होमियोप्याथी उपचार

काभ्रे घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय सागर

तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव