बजेट अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र : मन्त्री चौधरी « Khabarhub

बजेट अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र : मन्त्री चौधरी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेट अभावका कारण खेलकुद पूर्वाधारलाई अघि बढाउन नसकिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री चौधरीले बजेटका अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र परेको बताएका हुन् ।

उनले राखेपबाट पनि खेलुकुद पूर्वाधार निर्माणमा सन्तोषजनक काम नभएको जिकिर गरे ।

खेलकुद पूर्वाधारलाई अघि बढाउन मन्त्रालयले नेतृत्व लिनुपर्ने वा राखेपमा पूर्वाधार युनियनमार्फत अघि बढाउनुपर्ने देखिएको उनले बताए ।

मन्त्री चौधरीले राष्ट्रिय खेलकुद नीति असोजभित्रै ल्याउने र खेलकुद सम्बन्धी अन्य नियमावलीलाई पनि समयसापेक्ष परिमार्जन गर्ने तयारी भएको जानकारी दिए ।

नेपालमा सहज रुपमा जीवनयापन गर्न कठिन देखिएकाले खेलाडी पलायन भइरहेको अवगत गराउँदै उनले खेलाडीलाई स्वदेशभित्र रोजगारी, उनीहरूको बालबच्चालाई शिक्षा र स्वास्थ्य लगायतको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वमा नेपाली खेलाडीहरूले राष्ट्रको नामलाई उच्च बनाउने काम गरेकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको जिकिर गरे । बैठकमा समिति सदस्यहरूले खेल क्षेत्रमा लगानी बढाउदै पूर्वाधार निर्माणमा ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : ११ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय