दुप्चेश्वरमा बाढीले तीन झोलुङ्गे पुल बगायो, आवतजावत अवरुद्ध « Khabarhub

दुप्चेश्वरमा बाढीले तीन झोलुङ्गे पुल बगायो, आवतजावत अवरुद्ध


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ ।  

घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबेँसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ । उक्त स्थानबाट आवतजावत गर्न सक्ने अवस्था दुप्चेश्वर –१ घ्याङ्फेदीको अन्य बस्तीसँगको सडक सम्पर्क अवरुद्ध भएको हो । 

उक्त वडालाई जोडन् वैकल्पिक सडक तथा बाटोसमेत नहुदाँ उद्धार तथा क्षतिको लगत लिनको लागि पुगेको टोली घ्याङ्फेदी जानबाट रोकिएको छ । सडक र बाटोको आउजाउ नहुँदा वडा नं १ घ्याङ्फेदीका एक हजार छ सय घरधुरी परिवारको वडा भन्दा बाहिरको आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।

पहिरोले तीनवटा झोलुङ्गे पुल बगाएको छ । खेतीयोग्य जग्गा कटान गरेर सयौँ रोपनीमा लगाएको बालीलाई क्षति पुर्‍याएको छ । फेदीमा आएको पहिरोले तालु र कसेरी जोड्ने झोलुङ्गे पुल, शिशिपुकसेरी जोड्ने झोलुङ्गे पुल र फेदी र घोप्टेभीर जोड्ने काठको पुल बगाएको हो । 

प्रभावित स्थानमा जाने मूल सडक अवरुद्ध भएको र बस्ती जोड्ने पुलसमेत बगाएकाले क्षतिको थप विवरण आउन बाँकी रहेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापाले जानकारी दिए।

उनका अनुसार त्यस ठाउँमा जानसक्ने अवस्था नभएपछि सोही वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षकलाई उद्धार तथा क्षतिको विवरण लिन परिचालन गरिएको छ । 

पहिरोको गेगरले तादी खोलाको बहाव बढेसँगै सूर्यकुण्ड जलविद्युत् आयोजनाको पाइपलाइन विस्तारको लागि बनाएको पर्खालसमेत बगाएको छ ।

सुख्खा पहिरो बगेलगत्तै आएको अविरल वर्षाको कारण गएराति तादी खोलाको बहाब दोब्बरले बढेको थियो । होटल व्यवसायी पेम्बा लामाको अनुसार फेदी नजिकै बगेका साना ठूला चारवटा पहिरोले गएराति तादी खोलामा बाढी आएको हो । 

गेगर (लेदो) सहितको बाढी आएकाले तादी खोलाको तटीय क्षेत्र आसपासमा सावधानी अपनाउन दुप्चेश्वरका अध्यक्ष थापाले अपिल गरेका छन् । 

पहिरो अझै थपिने र तादी खोलाको बहाव ठूलो हुनसक्ने जोखिम भएकाले दुप्चेश्वर गाउँपालिकाको रामतीबजारदेखि समुद्रटार बजार, भ्याङ्ले, सातबिसे, आप्रह, ढिकुरेहुँदै विदुर नगरपालिका–५ स्थित देवीघाट बजारसम्मका तादी खोलाकोतटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन नुवाकोट प्रशासनले अपिल गरेको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : १८ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो