त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा-माला लैजान प्रतिबन्ध « Khabarhub

त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा-माला लैजान प्रतिबन्ध


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

सुरक्षा जाँचका क्रममा एक्स-रेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी खादा-माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला-खादा छाडेर जाने गर्नाले विमानस्थलको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको उल्लेख छ । यात्रुले खादा-माला सँगै लानुपर्ने भए झोलाभित्र नदेखिने गरि राख्न पनि भनेको छ ।

‘हवाई यात्रु महानुभावहरूले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलस्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइस्वरूप साथमा ल्याउने या ब्यागमा झुन्डाएर ल्याउने खादा-मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको सुरक्षा उपकरणमा अड्किएर क्षति पुर्‍याइ रहेको छ । यात्रुले खादा-माला विमानस्थलमा छाडेर जाने गर्नाले यहाँको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको छ । त्यसैले विमानस्थल टर्मिनल भवन प्रवेशका क्रममा सुरक्षा जाँच समयावधिभर माला-खादा आदि वस्तु प्रयोग नगरीदिन हुन अनुरोध छ । यदि सँगै लानु पर्ने भएमा आफ्नो झोलाभित्र नदेखिने गरि राखिदिनु हुन यात्रु महानुभावमा कार्यालय अपिल गर्दछ ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : ३५ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित