ब्याजदरमा कटौती गर्ने ईसीबीको संकेत « Khabarhub

ब्याजदरमा कटौती गर्ने ईसीबीको संकेत


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जर्मनीमुद्रास्फितिमा आएको सुस्तता र आर्थिक परिदृश्य अँध्यारो हुँदै गएपछि युरोपेली केन्द्रीय बैंकले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ।

बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो।

फ्रयाङ्कफर्टस्थित बैंकले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो ।

ईसीबीको प्रशासकीय परिषद् (गभर्निङ काउन्सिल) ले जुलाईमा उधारो लागतलाई नियन्त्रणमा राखेको थियो तर अर्को त्रैमासिक बिन्दु बिहीबार ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ । यो निर्णयले व्यवसाय र नागरिकहरूलाई थप राहत प्रदान गर्नेछ।

युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीबाट सन् २०१९ पछि यो दोस्रो दर कटौती हुनेछ ।

बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले भने, ‘हालका सबै ईसीबी वक्ताहरूले दरहरू घटाउन चाहेको पुष्टि गरेका छन्।’

नीति निर्माताहरूको कटौतीको साथ अगाडि बढ्ने विश्वासलाई विगत एक वर्षमा उथलपुथल भएको मुद्रास्फीति अब अझ निरन्तर गिरावटको मार्गमा रहेको संकेतहरूलाई बल दिएको छ ।

युरो जोनको मुद्रास्फीति अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको आधिकारिक तथ्यांकले देखाएको छ । उपभोक्ता मूल्य वृद्धि ठीक एक वर्ष अघिको तुलनामा २.२ प्रतिशतमा खुम्चिएको छ, जुन जुलाईको २.६ प्रतिशतबाट पनि कम हो।

सन् २०२२ को अक्टोबरमा रुसले युक्रेनमाथि गरेको आक्रमण र महामारीपछिको आपूर्ति शृङ्खलाको समस्याका कारण खाद्यान्न र ऊर्जाको लागत बढेपछि मुद्रास्फीति दर १०.६ प्रतिशत पुगेको थियो ।

अमेरिकी फेडरल रिजर्भले पनि हालैको कमजोर तथ्यांक र लामो समयका बजारको उथलपुथलपछि अर्को हप्ता आफ्नो बैठकमा ब्याजदर कटौती सुरु गर्ने तयारी गरेको छ ।

यसले ईसीबी नीति निर्माताहरूलाई पनि उनीहरूको आफ्नै कटौतीको साथ अगाडि बढ्ने बारेमा आत्मविश्वास बढाउनेछ। लगानीकर्ताले ईसीबीकी प्रमुख क्रिस्टिन लेगार्डको बैठकपछिको पत्रकार सम्मेलनलाई नजिकबाट नियालिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : ५१ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार