ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण « Khabarhub

ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ ।  १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले असर पुर्‍याएको थियो । 

भूकम्प एवं  वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौस्थित जर्मन राजदुताबासको सहयोगमा पुनःनिर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताए । 

‘जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,’ उनले भने ‘पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ ।’

तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरू छन् । पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झर्‍याङ राखिएको छ । गुफाभित्र बौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ । गुफाको बाहिरी भागमा झ्याल राखिएको छ । 

गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ । मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरूमा उल्लेख छ । नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । 

गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरू आउँछन् । निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरू छन् । नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ । 

भारतीय राजदूतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताए । सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ । 

चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फुगार्फु गुम्बा तथा झोङ गुफा हो । 

गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई एक सय र विदेशीलाई प्रतिव्यक्ति रु। एक हजार शुल्क तोकिएको छ । चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि छोसेरमा पुग्न सकिन्छ । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : २२ बजे

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि