भुकम्पले क्षति पुर्‍याएको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण « Khabarhub

भुकम्पले क्षति पुर्‍याएको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई पोखरामार्फत काम भएको जानकारी दिए । गत माघमा भवन निर्माण सकिनुपर्नेमा केही ढिलाइ भएको बताए।

भवन निर्माणका लागि कार्यालयले धुलिखेल जेएल जिभी सेवासँग विंस २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी माघसम्मका लागि म्याद थप गरिएको थियो ।

थपिएको म्याद अघि नै भवन निर्माण सकिएको प्रशासकीय अधिकृत सुनारले उल्लेख गरे। नयाँ निर्माण गरिएको भवन यथाशीघ्र औपचारिक रुपमा सञ्चालन गरी सेवा प्रवाहको तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ४ : ३२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको