रास्वपाको राष्ट्रिय भेला : राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरिने | Khabarhub Khabarhub

रास्वपाको राष्ट्रिय भेला : राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरिने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने  राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको बताएको छ । 

काठमाडौंमा हुने भेलाको तयारी पुरा हुन लागेको पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेस गरिने र सबै प्रदेशका सभापतिहरूले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने उनको भनाइ छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने समेत जानकारी दिएको छ । 

बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रूपमा भइरहेको र प्रतिनिधिहरूको टुङ्गो लागेको जानकारी दिए । उनले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका विषयमा आउने प्रश्नहरूको जवाफ भेलामार्फत दिने जिकिर गरे ।

 त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै खेद प्रकट गरे । 

पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : ३९ बजे

कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

 काठमाडौं– जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी सुरुवात गरेको

पहेँलपुर खोकना (तस्बिरहरू)

काठमाडौं– ललितपुरको खोकना यतिबेला तोरी फुलेर सुन्दर देखिएको छ ।

संसद्‌मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे 

काठमाडौं– नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी

गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको

माओवादीले भन्यो, ‘समस्या सडकमा होइन, सरकारमा छ’

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समस्या सडकमा नभएर