रास्वपाको राष्ट्रिय भेला : राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरिने « Khabarhub

रास्वपाको राष्ट्रिय भेला : राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरिने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने  राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको बताएको छ । 

काठमाडौंमा हुने भेलाको तयारी पुरा हुन लागेको पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेस गरिने र सबै प्रदेशका सभापतिहरूले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने उनको भनाइ छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने समेत जानकारी दिएको छ । 

बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रूपमा भइरहेको र प्रतिनिधिहरूको टुङ्गो लागेको जानकारी दिए । उनले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका विषयमा आउने प्रश्नहरूको जवाफ भेलामार्फत दिने जिकिर गरे ।

 त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै खेद प्रकट गरे । 

पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : ३९ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले