मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन- रचनात्मक ढंगले काम गर्नुहोस् « Khabarhub

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन- रचनात्मक ढंगले काम गर्नुहोस्


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए ।

‘हामी टिम स्पिरिटमा काम गर्छौँ, एकअर्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ’,  प्रधानमन्त्री ओलीले भने । 

उनले पूर्वमन्त्रीहरूका अनुभवबाट काम सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने काम गर्न मन्त्रीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ४९ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने