निजीक्षेत्रलाई प्रधानमन्त्रीको आग्रह- ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पारौँ « Khabarhub

निजीक्षेत्रलाई प्रधानमन्त्रीको आग्रह- ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पारौँ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार बिकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार वकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

आवश्यक पूर्वाधार बनाउँदै ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई सबै मिलेर साकार बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले तीन तहको सरकार मिलेर देशको आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण बनाउन सरकार तयार रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीपछि नेपालको अर्थतन्त्र क्रमशः पुनर्उत्थान हुँदै गएको बताउँदै नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने जानकारी दिए ।

नेपाल उद्योग परिसंघको आयोजना भएको सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रबारे छलफल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ४४ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक