देश/प्रदेश

समाचार प्रभाव : भीममायालाई नागरिकता दिने प्रक्रिया सुरु

By खबरहब

September 12, 2024

मोरङ – मोरङको पथरी शनिश्चरे नगरपालिका – ९ रिगुवामा बस्दै आएकी ६५ बर्षीय भीममायाले नागरिकता पाउने भएकी छन् ।

भीममाया नागरिकताबिहिन भएको समाचार खबरहब डटकममा प्रकाशन भएपछि वडा कार्यालयले उनलाई नागरिकता दिने प्रक्रिया सुरु गरेको हो । वडा कार्यालयले उनको आफन्त खोजेर नाता प्रमाणित समेत गरिदिएको छ । उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यलयबाट नागरिकता दिने तयारी गरिएको छ ।

पाँच वर्षअघि पतिको मृत्यु भएपछि बेसाहारा जिवन बिताउन बाध्य भीममाया छिमेकी लोकबहादुर कटुवालले बस्नका लागि दिएको पाँचधुर क्षेत्रफलमामा सानो घर बनाएर बसिरहेकी छन् ।

नागरिकता नभएकै कारण भीममाया सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन् । उनले अहिलेसम्म भोट हाल्न पनि पाएकी छैनन् ।

याे पनि

प्रधानमन्त्रीज्यू ! भीममायालाई नागरिकता खै ?