प्रसाद खाँदा ८० जना बिरामी « Khabarhub

प्रसाद खाँदा ८० जना बिरामी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ ।

बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए । तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए । बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो । सो पूजामा प्रसाद खानेहरु बिरामी परेका हुन् । ‘फुड पोइजन’ भइ उनीहरु बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।

बिरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी लगायतले अस्पताल पुगेर बिरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो । केही बिरामीमा उच्च ज्वरो ९१०४ डिग्रीसम्म० देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

शनिश्चरे आधारभूत अस्पतालमा शय्या अभाव भएपछि बार्दली र भुइँमा राखेर बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए ।

सबै बिरामीको अजुर्नधारा नगरपालिकाले निःशुल्क उपचार गर्ने जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे अन्यत्र अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरप्रमुख गोम्देनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : १९ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत