वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा « Khabarhub

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताएका छन् ।

नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई आज यहाँ आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ”, उनले भने ।

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताए ।

“कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् । तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । सहमतिअनुसार अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ”, उनले भने ।

पार्टीका उपसभापति धनराज गुरुङले राजनीतिमा निराश छाइरहेको अवस्थामा नेपाली राजनीति र अर्थतन्त्रलाई गति दिन वर्तमान सत्ता गठबन्धन गठन भएको बताए । संविधानमा भएका कमजोरी सुधार गर्दै कामविहीन बनेको जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै