वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा « Khabarhub

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताएका छन् ।

नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई आज यहाँ आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ”, उनले भने ।

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताए ।

“कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् । तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । सहमतिअनुसार अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ”, उनले भने ।

पार्टीका उपसभापति धनराज गुरुङले राजनीतिमा निराश छाइरहेको अवस्थामा नेपाली राजनीति र अर्थतन्त्रलाई गति दिन वर्तमान सत्ता गठबन्धन गठन भएको बताए । संविधानमा भएका कमजोरी सुधार गर्दै कामविहीन बनेको जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १० : ३० बजे

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना